काठमाडौं । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी गरिएको निषेधाज्ञाको १० औं दिन पुगेको छ । दोस्रो पटक एक हप्ताका लागि थप भएको निषेधाज्ञाका कारण उपत्यकामा सडकहरु दिउँसोको समयमा सुनसान देखिएका छन ।
निषेधाज्ञा उलंघन गर्ने केही सवारीहरुलाई प्रहरीले होल्ड गरेको थियो । उपत्यकामा जारी भएको निषेधाज्ञा अटेरी गर्ने क्रम बढेपछि प्रहरीले कडाई गर्न थालेको हो ।
प्रशासनले अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन गर्न अनुमति दिएपनि अटेरी गर्ने बढेपछि प्रहरीले कडाई गरेको हो । आज अत्यावश्यक बाहेकका सवारी साधान सडकमा देखिएका छैनन् ।
https://www.facebook.com/lokpath/videos/2378730269100239/?t=2
एम्बुलेन्स, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफुल बोकेका सवारी सधानलाई निर्वाध रुपमा सञ्चालनमा रहेका छन । दैनिक उपभोग्य वस्तु, तरकारी र औषधि पसलहरु भित्रि क्षेत्रमा खुला रहेका हुन ।
प्रशासनले विहान सवा ९ बजे सम्म मात्रै पसल खोल्न भनेपनि भित्रि गल्लीहरुमा त्यसको पालना हुन सकेको छैन । कोरोना संक्रमण बढेसँगै सरकारले काठमाडौ, ललितपुर र भक्तपुरमा १७ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया