काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप ११ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २ जना महिला र ९ जना पुरुष रहेका छन् । त्यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
मृत्यु हुनेमा मोरङकी ४६ वर्षीया महिला, ५३ वर्षीया महिला भक्तपुरकी रहेकी छिन् । त्यस्तै कैलालीका २ जना ४५ र ५० वर्षीय पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय पुरुष, बाँकेका ३७ वर्षीय पुरुष, काठमाडौंका ५१ वर्षीय पुरुष, बाराका ४१ र ४६ वर्षीय २ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।
नेपालमा बितेको २४ घण्टामा थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यससँगै नेपालमा कोरोनाको कुल संक्रमित संख्या ३४ हजार ४ सय १८ पुगेको छ । हालसम्म १९ हजार ५ सय ४ जना कोरोना निको भइ घर फर्किसकेका छन् । भने बितेको २४ घण्टामा थप ३ सय ८५ जना कोरोना मुक्त भएको प्रवक्ता गौतमले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया