काठमाडौं । काठमाडौंको कालिमाटी केन्द्रबिन्दु भएर बुधवार दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।
दिउँसो २ बजेर ४६ मिनेट जाँदा २ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पले सामान्य धक्का मात्र दिएकाले कुनै पनि क्षती नभएको बुझिएको छ ।
यसअघि हिजो राति ९ बजेर ९ मिनेट जाँदा बझाँङ केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया