पाँचथरमा तीन प्रहरीसहित थप ४ जनामा कोरोना संक्रमण पुष्टि

पाँचथर । पूर्वी जिल्ला पाँचथरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा तीन जना प्रहरी र भारतबाट फर्किएका एक स्थानीय रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत तीन जना प्रहरी तथा भारतबाट फर्केर फिदिम स्थित क्वारेन्टाइनमा बसेका एक ब्यक्तिमा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीका अनुसार गएराती प्राप्त रिपोर्टमा उनीहरुमा कोभिड–१९ पोजेटिभ देखिएको हो ।

उनका अनुसार गत साउन २४ गते विराटनगरबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय आएका एक प्रहरी जवानमा भदौ ४ गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।

भदौ ५ मा उक्त कार्यालयमा कार्यरत थप ४६ जना प्रहरीको स्वाब सङ्कलन गरी पठाइएकामा तीन जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले बताए। संक्रमित प्रहरीमध्ये २६ वर्षका दुई तथा २३ वर्षका एक जना छन् भने भारतबाट आएका ५५ वर्षीय ब्यक्ति छन् ।

केही समय अघि भारतबाट उनीहरु सबैलाई फिदिम स्थित आइसोलेसनमा राखी उपचार थालिएको छ ।

सुवेदीका अनुसार यससँगै पाँचथरमा हालसम्म १३ जनामा संक्रमण पुष्टि भएको छ । भने जसमध्ये ५ जना कोरोना संक्रमण मुक्त भइ घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?