६० नियमित, २७ चार्टर उडान हुँदै

कोभिड–१९ को महामारी फैलिन नदिन सरकारले लगाएको अन्तर्राष्ट्रिय उडानको रोक भदौ १६ देखि खुला गर्ने बिहीबारको निर्णयसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार एक महिना (सेप्टेम्बर) को उडान तालिका जारी गरेको छ ।

मन्त्रालयका अनुसार भदौ १६ देखि असोज १४ सम्म एक महिनाको अवधिमा ६० वटा नियमित र २७ वटा चार्टर उडान हुनेछन् । नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलाइन्स, टर्कीको टर्किस एयरलाइन्स, हङकङको क्याथे ड्र्यागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, साउदी अरबको एयर अरेबिया, कतारको कतार एयरवेज र दुबईको फ्लाई दुबई गरी १० वटा वायुसेवालाई उनीहरूका गन्तव्यबाट नियमित उडान भर्न अनुमति दिइएको छ ।

त्यस्तै स्वदेशी वायुसेवातर्फ नेपाल वायुसेवा निगमलाई जापानको नारिता, दुबई, मलेसिया र हङकङ उडानको अनुमति दिइएको छ । हिमालय एयरलाइन्सलाई मन्त्रालयले चीनको छोङकुइन, मलेसिया र आबुधाबीमा उडानको अनुमति दिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?