काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख १९ हजार ९ सय ३६ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ३९ लाख ४७ हजार ९ सय ६६ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ६४ लाख ६८ हजार ८ सय ४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ६ सय ६६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ८१ हजार ४ सय ८६ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ९ हजार १ सय ४८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५९ लाख २४ हजार ७ सय ७८ पुगेको छ । हालसम्म ३२ लाख २० हजार १ सय ६८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ४ सय ७७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय ७२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ८ हजार ९ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ३६ लाख ३६ हजार १ सय ६७ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख १५ हजार ६ सय ४६ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २७ लाख ७८ हजार ७ सय ९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ९५ जनाको ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५९ हजार ६ सय ८ पुगेको छ । बितेको २४ घण्टामा ६६ हजार ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३२ लाख ३१ हजार ५ सय २२ पुगेको छ । हालसम्म २४ लाख ६७ हजार २ सय २० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार ६२ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १६ हजार ५ सय ६८ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ६ सय ९६ जनामा कोरोना पुष्टि भएको र १ सय २० जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ९ लाख ६६ हजार १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ७ लाख ७९ हजार ७ सय ४७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १३ हजार १ सय ५९ पुगेको छ । हालसम्म ६ लाख ११ हजार ४ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ५ लाख १६ हजार ४ सय ९४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
पेरुमा हालसम्म पेरुमा २७ हजार ८ सय १३ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ६ लाख ४ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ४ लाख ७ हजार ३ सय १ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ५ सय २५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
मेक्सिकोमा बितेको २४ घण्टामा ३ हजार ५ सय ४१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५ लाख ६३ हजार ७ सय ५ पुगेको छ । हालसम्म कोरोनाको कारण ६० हजार ८ सय जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ३ सय २० मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा ३ लाख ८९ हजार १ सय २४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार ४ सय ४६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० हजार ९ सय ५८ पुगेको छ । चिलिमा कुल संक्रमितको संख्या ४ लाख ९ सय ८५ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ७४ हजार ४ सय ६३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १ हजार ११ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ९ सय २४ पुगेको छ । हालसम्म ४ लाख २३ हजार २ सय २४ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको तथ्यांक अनुसार स्पेनमा बितेको २४ घण्टामा २ हजार ४ सय १५ जनामा कोरोना संक्रमण देखिएको र ५२ जनाले ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया