काठमाडौं । डेंगु, मलेरियार चिकन गुनियाजस्ता रोग मच्छडले टोकेपछि हुन्छन् । यो घातक पनि साबित हुनसक्छ ।
त्यसैले डाक्टरहरु सधैँ मच्छडबाट बच्न सल्लाह दिन्छन् । तर अब भने मच्छडले ने मानिसको ज्यान बचाउने भएको छ ।
आनुवंशिक रुपमा संशोधित करोडौँ मच्छड डेंगुजस्ता रोग फैलाउने मच्छडलाई रोक्नका लागि पर्यावरणमा छोडिने भएको छ ।
यी मच्छड अमेरिकाको फ्लोरिडामा आउँदो वर्ष छोडिने भएको छ ।
फ्लोरिडा कीज मोस्किटो कन्ट्रोल डिस्ट्रिकले यो हप्ता २०२१ मा पाइलट प्रोजेक्टका लागि ७५ करोड एडिज इजेप्टाई मच्छडलाई दुई वर्षको अवधिका लागि पर्यावरणमा छोड्ने अनुमति दिएको हो ।
एडीज इजेप्टाई मच्छड फ्लोरिडाको भने होइनन् । यो भन्दा अगाडि पनि केम्यान द्वीप र ब्राजिलमा यो परीक्षण सफल भईसकेको बताइएको छ ।
ओक्सिटेक वैज्ञानिक कोभिन गार्मनले बिहीवार केम्यान द्वीप र ब्राजिलमा यो परीक्षण सफल भईसकेको बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया