काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ६३४ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३१ हजार १ सय १७ पुगेको छ । नेपालमा हालसम्म संक्रमितमध्ये ५९ प्रतिशत अर्थात १८ हजार ३ सय ५० जना कोरोनामुक्त भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र थप १ सय ३६ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १२ हजार ६ सय २१ रहेको छ ।
नेपालमा बितेको २४ घण्टामा थप ९ जनाको कोरोनाको कारण ज्यान गएको छ । यो सँगै कुल मृतकको संख्या १ सय ४६ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए । उनका अनुसार कुल संक्रमितमध्ये मृतक संख्या ० दशमलव ५ प्रतिशत हो ।
नेपालमा हालसम्म ५ लाख ९२ हजार ४ सय १८ पीसीआर परीक्षणहरु भएका छन् । बितेको घण्टामा देशका विभिन्न प्रयोगशालामा १२ हजार ५ सय १९ परीक्षण भएको प्रवक्ता गौतमले बताए । त्यस्तै हाल क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ६ सय ५८ रहेको छ ।
नेपालमा पीसीआर टेस्ट प्रति १० लाख जनसंख्यामा २० हजार ३ सय १ रहेको प्रवक्ता डा गौतमले जानकारी दिए । त्यस्तै हाल नेपालमा ५७५ जना रेड जोन अर्थात कोरोना संक्रमणको उच्च जोखिममा रहेका छन् ।
कुन जिल्लामा कति थपिए संक्रमित ?




कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ४६ पुग्यो
नेपालमा कोरोनाको कारण पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ ।
त्यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएका मृतक कहाँका कति ?
मृत्यु हुनेमा सुनसरीका ६७ वर्षीय पुरुष र ६ वर्षीया बालिका
पर्साका ६१ वर्षीय पुरुष, ५८ वर्षीय पुरुष र ४८ वर्षीय पुरुष
बाराका ५८ वर्षीय पुरुष
सिरहाका ६८ वर्षीय पुरुष
मकवानपुर ५६ वर्षीय पुरुष
भक्तपुरका ७३ वर्षीय पुरुष
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ० दशमलव ५ प्रतिशतको कोरोना संक्रमितको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकामा एकैपटक थपिए २ सय १६ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंमा १ सय ६०, भक्तपुरमा ५० र ललितपुरमा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ? (पछिल्लो विवरणसहित)
नेपालमा बितेको २४ घण्टामा थप १ सय ३६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १८ हजार ३ सय ५० जना रहेका छन् ।
कुल संक्रमित मध्ये ५९.६ प्रतिशत संक्रमित संक्रमण मुक्त भई अस्पतालबाट हिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जनाकारी दिए ।
प्रदेश १ मा १२३६ जना
प्रदेश २ मा ४०५० जना
वाग्मती प्रदेश ७४३ जना
गण्डकी प्रदेशमा १५९२ जना
प्रदेश ५ मा ४३७७ जना
कर्णाली प्रदेशमा १९७४ जना
सुदूरपश्चिम प्रदेशमा ४३७४ जना
कोरोना संक्रमित नभएका नेपालका यी ३ जिल्ला
नेपालको ७७ जिल्लामध्ये हाल ३ जिल्लामा कोरोना संक्रमित छैनन् । ३ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
- मुस्ताङ
- म्याग्दी
- हुम्ला
५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका यी ६ जिल्ला
- मोरङ
- पर्सा
- महोत्तरी
- रौतहट
- सर्लाही
- काठमाडौं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया