काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । कोरोना भाइरसका कारण अहिलेसम्म ८ लाख २ हजार ८८९ जनाको मृत्यु भएको छ भने २ करोड ३१ लाख५ हजार ७८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ५७ लाख ८५२ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार ८३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ७९ हजार २०० जनाको मृत्यु भएको छ भने ५७ लाख ९६ हजार ७२७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३१ लाख २७ हजार ४१८ जना संक्रमण मुक्त भएका छन् भने २४ लाख ९० हजार १०९ जना उपचाररत छन् ।
त्यस्तै १६ हजार ८०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै क्यालिफोर्नियामा अहिलेसम्म ११ हजार ९८७ जनाको मृत्यु भएको छ भने ६ लाख ५९ हजार ८०३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्ससमा ५ लाख ९६ हजार ३९१ जनालाई संक्रमण भएको छ भने ११ हजार ५५३ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा अहिलेसम्म १० हजार १७७ जनाको मृत्यु भएको छ भने ५ लाख ९३ हजार २८६ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा शुक्रवार मात्रै ५० हजार ४५५ जना संक्रमित थपिएका छन् भने १ हजार १७० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया