बढ्यो जोखिम : काठमाडौंमा एक जनाको मृत्यु, थपिए १४२ जना नयाँ संक्रमित

काठमाडौं । काठमाडौंमा पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै पछिल्लो २४ घण्टामा काठमाडौंमा थप एक जनाको मृत्यु भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु भएका ११ जनामध्ये एक जना काठमाडौंका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच नेपालमा आज (शुक्रवार) थप ८३८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३० हजार ४८३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १३७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ ।

नेपालमा हिजो (बिहीवार) ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?