काठमाडौं । भारतको ओडिशामा पुरानो परम्परा तोडेर एक महिलाले आफ्ना श्रीमानको अन्तिम संस्कार गरेकी छन् ।

उनले बाध्यताले यो कदम उठाएकी हुन् । किनभने अन्तिम संस्कारको लागि नातेदार कोहि नआएपछि अन्तिम विकल्पको रुपमा उनले यस्तो गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । महिलाले पीपीई कीट लगाएर पतिलाई मुखाग्नी दिएकी थिइन् ।

ओडिशाको मकलानगरी जिल्लाको नक्शल प्रभावित क्षेत्रको मैथिली ब्ल्याकमा मण्डापल्ली गाउँ रहेको छ । त्यहाँ नै बस्थे कृष्णा नायक ।

उनी ब्ल्याकका एजुकेशन अफिसर थिए । दुई दिन पहिला उनको अचानक स्वास्थ्यमा समस्या आयो र अस्पतालमा भर्ना भए ।

अस्पतालले उनलाई कोरापुटस्थित शहीर लक्ष्मण नायक अस्पतालमा रिफर गरिदियो । उनको स्वास्थ्य अवस्था झनै बिग्रियो ।

उनको स्वास्थ्य अवस्था बिग्रएपछि अर्को अस्पतालमा रिफर गर्न लागिएको थियो तर उनको त्यो बेलासम्म निधन भईसकेको थियो । त्यसपछि घरमा ल्याइएको उनको अन्तिम संस्कारका लागि कोहि पनि आफन्त आएनन् ।

तब उनकी श्रीमतीले नै उनलाई मुखाग्नी दिइन् । उनकी श्रीमतीका अनुसार छिमेकी तथा नातेदारलाई बोलाउँदा समेत कोहि नआएका हुन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया