काठमाडौं । अमेरिकी कम्पनी फाइजर र जर्मनीको कम्पनी बायोएनटेकको तर्फबाट बनिरहेको नयाँ कोरोना विरुद्धको भ्याक्सीनको नतिजा उत्कृष्ट आएको छ ।

यो भन्दा पहिला फाइजरले नै गएको महिना एक अर्को कोरोना भ्याक्सीनको डेटा पब्लिश गरेको थियो ।

ट्रायलबाट पहिलो भ्याक्सीनको तुलनामा दोश्रो भ्याक्सीन लगाउनेमा साइड इफेक्टको केस आधा भएको छ ।

डेली मेलमा छापिएको उक्त रिपोर्टमा कोरोना भ्याक्सीनका निर्माता कम्पनीहरुले दोश्रो भ्याक्सीनको नतिजा धेरै राम्रो इम्यून रेस्पोन्सका कारण राम्रो आएको बताएका छन् । जसका कारण भ्यालेन्टियर्समा साइड इफेक्टको केस घटेको छ ।

medRxiv.org मा प्रकाशित आँकडाका अनुसार कोरोनाबाट ठीक भएकाहरुको तुलनामा भ्याक्सीन लगाएका भ्यालेन्टियर्समा एन्टीबडीको स्तर करीवपाँच गुणासम्म धेरै पाइएको छ ।

फाइजरको भ्याक्सीन डेभलपमेण्टका सीनियर भाइस प्रेसिडेण्ट विलियम ग्रुवरले शरीरले भ्याक्सीनलाई जित्न धेरै संघर्ष गर्छ त्यति नै भ्याक्सीनको स्विकार्यता धेरै बढ्छ ।

उनले दुबै भ्याक्सीन BNT162b1 (B1) र BNT162b2 (B2) लाई धेरै राम्रो क्यान्डिेट भएको बताएको छ । तर उनले भने, हामी भाग्यशाली छौँ कि, बी-२ ले राम्रो नतिजा दिईरहेको छ । किनभने इम्यूनिटी पनि राम्रो पैदा गरेको छ साथै रिएक्शन पनि ।

ट्रायलको समयमा बी १ लगाउने १८ देखि ५५ वर्षको उमेरका ५० प्रतिशत मानिसमा मध्यम साइड इफेक्ट भएको छ ।

त्यस्तै ६५ देखि ८५ वर्षका मानिसहरुमा १६.७ प्रतिशत मानिसमा रिएक्शन देखिएको छ । तर दोश्रो भ्याक्सीन लगाउनेमा १८ देखि ५५ वर्षकोमा साइड इफेक्ट केस घटेर १६.७ प्रतिशत भएको थियो भने ६५ देखि ८५ वर्षकोमा कुनै साइड इफेक्ट देखिएको थिएन ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया