काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले बुधवा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक काम नलाग्ने राष्ट्रपति भएको आरोप लगाएका छन् ।
उनले राष्ट्रपति ट्रम्पले एक राष्ट्रपतिको पदलाई एक रियालिटी शो बनाएको आरोप लगाएका हुन् । पूर्व राष्ट्रपति ओबामाले यो विषय बुधवार डेमोक्र्याटिक राष्ट्रिय सम्मेलनको तेश्रो दिन डिजिटल सम्बोधनमा बताएका हुन् ।
डेमोक्र्याटिक पार्टीको तर्फबाट अमेरिकाको राष्ट्रपतिका उम्मेद्वार जो बिडेन रहेका छन् । बिडेन तिनै व्यक्ति हुन्, जो बाराक ओबामाको पालामा उपराष्ट्रपति बनेका थिए ।
उनले ट्रम्पतिर निशाना बनाउँदै यस्तो बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
ट्रम्पले राष्ट्रपतिको कार्यकालमा केहि पनि गर्न नसकेको भन्दै ओबामाले ट्रम्पको निन्दा गरेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया