भारतका लागि अगस्ट महिना बन्यो समस्याको जड : थपिए विश्वमै धेरै संक्रमित

काठमाडौं । भारतमा यो महिना विश्वकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । अगस्ट महिनामा भारतमा अहिलेसम्म १२ लाख भन्दा धेरै संक्रमित थपिएका हुन् ।

बिहीवार भारतमा एकैपटक ६९ हजार भन्दा धेरै संक्रमित थपिएका हुन् । साथै ९८६ जनाको मृत्यु भएको छ ।

टाइम्स अफ इण्डियाको खबरका अनुसार भारतमा अगस्ट महिनामा मात्रै १२.१ लाख कोरोनाका केस देखिएका छन् ।

१९ दिनमा यति धेरै केस अहिलेसम्म कुनै पनि देशमा देखिएको थिएन् । जुलाई महिनामा भारतमा ११.१ लाख केस दखिएका थिए ।

अगस्ट महिनामा १९ तारिखसम्म अमेरिकामा ९.९ लाख केस र ब्राजिलमा ७.९ लाख केस देखिएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?