काठमाडौं । कोरोना भाइरस र वैश्विक प्रतिबन्धले उत्तर कोरियाको अर्थव्यवस्था डामाडोल भएको छ । जसका कारण उत्तर कोरियाली तानाशाह किम जोंग उन निराश भएका छन् ।

त्यसैले पनि उनले अमेरिकासँग आफ्नो सम्बन्ध सुधार्ने जिम्मेवारी आफ्नी बहिनीलाई लगाएका छन् ।

उनले सत्तारुढ पार्टीका नेताहरुको एक सभामा देश अप्रत्याशित र अपरिहार्य चुनौतिसँग साम्ना गरिरहेको बताएका हुन् ।

जसका कारण विकासको लक्ष्यमा ढिलाई भएको उनले बताएका छन् । उत्तर कोरियाली मिडियाका अनुसार बैठकमा खराब अर्थव्यवसको लागि सबैभन्दा ठूलो कारण प्रतिबन्ध भएको बताइएको छ ।

यो बाहेक बाढी र कोरोना भाइरस महामारीले उत्तर कोरियाको अर्थव्यवस्था दुई दशकमा सबैभन्दा नराम्रो स्थितीमा रहेको छ ।

उत्तर कोरियाको यो अवस्थालाई लिएर दक्षिण कोरियाका सांसदहरुले पत्रकारहरुलाई देशको जासूसी एजेन्सीका अनुसार किमले सियोल र वाशिंगटनसँग सम्बन्ध राम्रो बनाउनका लागि आफ्नी बहिनी किम यो जोंगलाई जिम्मेवारी दिएका छन् ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया