काठमाडौं । कोरोना भाइरसका कारण अहिले सारा विश्व ग्रस्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ७ लाख ९६ हजार ९९० जनाको मृत्यु भएको छ भने २ करोड २८ लाख ५५ हजार ८१० जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ५५ लाख ११ हजार ६१२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार ८३२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण १ लाख ७७ हजार ४२४ जनाको मृत्यु भएको छ भने ५७ लाख ४६ हजार २७२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३० लाख ९५ हजार ४८४ जना संक्रमण मुक्त भएका छन् भने २४ लाख ७३ हजार ३६४ जना उपचाररत छन् ।
त्यस्तै १६ हजार ८१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यस्तै अमेरिकाको क्यालिफोर्नियाको ११ हजार ८२१ जनाको मृत्यु भएको छ भने ६ लाख ५३ हजार २६४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा अहिलेसम्म ५ लाख ९० हजार ६३८ जनालाई संक्रमण भएको छ भने १० हजार ७२१ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा अहिलेसम्म ५ लाख ८८ हजार ६०२ जनालाई संक्रमण भएको छ भने १० हजार ५६ जनाको मृत्यु भएको छ ।
अमेरिकामा बिहीवार मात्रै ४५ हजार ३४१ जना संक्रमित थपिएका छन् भने १ हजार ९० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया