काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ९३ हजार ७ सय ७२ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड २७ लाख २६ हजार ३ सय ३३ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड ५४ लाख ७ हजार १ सय ३० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ९ सय १० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ७६ हजार ६ सय ९५ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १४ हजार ९ सय ७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५७ लाख १५ हजार ९ सय १ पुगेको छ ।
हालसम्म ३० लाख ६४ हजार ६ सय २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ८ सय ४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय ५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया