काठमाडौं । जुन समयमा चीनको वुहानस्थित ल्याबमा कोरोना भाइरसको जाँच भईरहेको थियो, लगभग त्यहि बेला अमेरिकाको एक ल्याबमा पनि मुसामाथि कोरोना भाइरसको टेस्टिङ चलिरहेको खुलासा भएको छ ।

यो कुरा आज भन्दा लगभग ५ वर्ष पहिलाको हो । अब यो बारेमा अहिले चर्चा भईरहेको छ कि,के अमेरिकाले ल्याबमा कोरोना भाइरस विकसित गरेको थियो ?वा फेरि यो एक संयोग मात्रै हो ? आज हामी तपाईलाई यसको बारेमा जानकारी दिनेछौँ ।

यो कुरा हो फेब्रुअरी सन् २०१६ को । जब अमेरिकाको नर्थ क्यारोलिनास्थित यूएनसी च्यापल हिल्स हाई सिक्योरेटी ल्याबमा एक घटना भएको थियो ।

जसबाट सारा अमेरिका र चीन डराएको थियो । किनभने सम्भवतः अमेरिकी ल्याब र चीनको वुहानस्थित पार्टनरशीपमा यो प्रोजेक्टमाथि एक साथ काम गरिरहेका थिए ।

अमेरिकाको यूनिभर्सिटी अफ नर्थ क्यारोलिनाका च्यापल हिल्स हाई सिक्योरेटी बायो ल्याब ३ मा ल्याबमा एक मुसालाई सार्स कोरोना भाइरसबाट संक्रमित बनाइएको थियो । तर ल्याबमा एक अपत्यारिलो घटना भयो, जसको बारेमा आजसम्म अमेरिकाले कुनै पनि खुलासा गरेको छैन । प्रोपब्लििका वेबसाइटका अनुसार ल्याबमा एक महिला ल्याब टेक्निशियन कोरोना भाइरस संक्रमित मुसालाई एक सेफ्टी जारमा राखेर केहि काम गरिरहेकी थिइन् । त्यहि बेला ल्याब टेक्निशियनको औँलोमा मुसाले टोकेको थियो ।

महिला ल्याब टेक्निशियनलाई क्वारेन्टाइनमा राख्नुको साटो ल्याबका अधिकारीहरले उनलाई १० दिनसम्म सामान्य जीवनमा हिँड्न सल्लाह दिएका थिए ।

उनलाई पब्लिकमा बस्न आग्रह गरेका थिए । तर उनलाई मास्क लगाएर राखिएको थियो । हरेक दिन उनको तापक्रमको रेकर्ड गरिएको थियो ।

१० दिनको जाँचपछि उनी बिरामी भईनन् । त्यसैले यो कसमा ध्यान दिइएको थिएन । च्यापल हिल्स हाई सिक्योरेटी ल्याब धेरै सुरक्षित प्रयोगशाला हो । मुसाको यो मामिला पनि चर्चापाउन लाग्दा लाग्दै टरेको थियो ।

वेबसाइटका अनुसार ल्याबको रेकर्डस्मा यो घटना दर्ता छ, तर त्यसलाई आजसम्म सार्वजनिक गरिएको छैन । कसैलाई पनि यो कुराको बारेमा बताउन दिइएको छैन ।

अमेरिका एक्लै यो कोरोना भाइरस ल्याबमा बनाईरहेको थियो वा चीनसँग मिलेर यसको बारेमा केहि स्पष्ट छैन । तर महिला टेक्निशियनलाई सार्वजनिक जीवन जिउनको लागि भन्नु कतिको ज्यान खतरामा पार्नु नै थियो ।

च्यापल हिल्स हाई सिक्योरेटी ल्याबका प्रवन्धनले यस घटनाको बारेमा कुनै पनि प्रकारको जानकारी दिनबाट रोकेका थिए । तर उसले नेशनल यन्स्टीट्यूट अफ हेल्थ गाइडलाइन्सका अनुसार मानिसलाई यो जानकारी दिन आवश्यक थियो ।

रटगर्स यूनिभर्सिटीका मोलिक्यूलर बायोलोजिस्ट रिचर्ड ईब्राइटले अमेरिकी कांग्रेसको साम्ने च्यापल हिल्सको सुरक्षालाई लिएर प्रश्न गरेका थिए ।
"The university has declined to disclose key details about the incidents, including the names of viruses involved, the nature of the modifications made to them and what risks were posed to the public, contrary to National Institutes of Health guidelines." https://t.co/HNuvp1ijl4
— Virginia Hughes (@virginiahughes) August 18, 2020
साथै उनले भनेका थिए कि, उक्त ल्याबमा कोरोना भाइरसको विषयलाई लिएर यस्ता केहि घटना भएको बारेमा बताएका थिए । उनले भविष्यका लागि यो अतरनाक साबित हुनसक्ने बताएका थिए ।

सन् २००७ मा यूएस गभर्मेण्ट एकाउण्टीबिलिटी अफिसले बायोसेफ्टी लेभल ३ र ४ वाला सबै प्रयोगशालाहरुमा रहेको भाइरस र ब्याक्टेरियालाईइ लिएर चेतावनी जारी गरेको थियो ।

त्यसमा भनिएको थियो, ‘नचाहाँदा नचाहाँदै पनि अन्जानमा ल्याबको माध्यमबाट संक्रमण फैलियो भने मानिसका लागि मुस्किल हुनसक्छ ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया