बालिकालाई दुर्व्यवहार गर्नेमाथि मुद्दा

रौतहट । कटहरिया नगरपालिकामा एक दलित बालिकालाई दुर्व्यवहार गर्ने गैरदलित युवकमाथि जबर्जस्ती करणी उद्योग मुद्दा दर्ता गरिएको छ ।

कटहरिया २ जमुनियाका २० वर्षीय सुनिलकुमार साहविरुद्ध मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख ज्ञानकुमार महतोले बताए ।

चार दिनअघि गाउँकै एक दलित बालिकालाई ललाइफकाई करणी गर्न लागेको भन्ने पीडितका बाबुको उजूरीका आधारमा मुद्दा दर्ता गरिएको र बालिकाको स्वास्थ परीक्षणसमेत भएको डिएसपी महतोले जानकारी दिए। घटनालगत्तै आरोपी साह फरार रहेकाले उनको खोजी र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?