काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोरोना महामारीपछि दोस्रो पटक आफ्नो गृहजिल्लामा स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।
कोरोनाको सङ्कटबाट बच्न उनले बिरामीको उपचारमा खटिँदा लगाइने९पीपीइ० आठ सय थान र चस्मा एक हजार पाँच सय थान प्रदान गरेका हुन्।
इलाम निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभामा निर्वाचित खनालले सोही क्षेत्रका लागि सामाग्री प्रदान गरेका हुन् ।
यो समयमा जिल्ला जान सहज नभएको भन्दै उनले सूर्योदय नगरपालिका वडा नं. १० का वडाध्यक्ष भाइचुङ पेमा उगेनलाई सामग्री प्रदान गरेका हुन्। उगेनले सबै सामग्री जिल्ला ल्याएर हस्तान्तरण गरिने बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया