काठमाडौैं । नेपालमा बितेको २४ घण्टामा थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा कुल संक्रमितमध्ये हालसम्म ६१ दशमलव २ अर्थात १७ हजार ७ सय जना कोरोना मुक्त भइ घर फर्किएका छन् । त्यस्तै बितेको २४ घण्टामा मात्र थप १ सय २० जना कोरोना मुक्त भइ घर फर्किएका हुन् । भने हाल देश भर सक्रिय संक्रमितको संख्या ११ हजार १ सय १८ जना रहेको छ । नेपालमा कोरोनाको कारण हालसम्म १ सय २० जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ६ जना मृतक थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ५ सय २२ गरी हालसम्म ५ लाख ५४ हजार ३ सय ८८ पुगेको छ । त्यस्तै हाल क्वारेन्टाइनमा रहनेको संख्या १३ हजार ५ सय ७१ रहेको छ । नेपालमा पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढिरहेको छ । हिजो नेपालमा अहिलेसम्मकै सर्वाधिक १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको थियो । आज काठमाडौं उपत्यकाका ३ जिल्लामा थप १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कुन जिल्लामा कति थपिए संक्रमित ?




हालसम्म नेपालमा कोरोनाको कारण १२० जनाको मृत्यु
नेपालमा कोरोनाको कारण थप ६ जनाको मृत्यु भएको छ ।
यससँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय २० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
मृत्यु हुनेमा काठमाडौं र बर्दियाका १/१ पुरुषहरु साथै मोरङ, भक्तपुर, सुनसरी र चितवनमा १/१ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।
नेपालमा पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढिरहेको छ । मंगलवार नेपालमा हालसम्मकै उच्च १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भने ७ जनाको कोरोनाको कारण ज्यान गएको हो ।
आज नेपालमा थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै कुल संक्रमितको संख्या २८ हजार ९ सय ६८ जनामा कोरोना पुष्टि भएको छ । भने हालसम्म संक्रमितमध्ये ६१ दशमलव २ प्रतिशत अर्थात १७ हजार ७ सय जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
काठमाडौं उपत्यकामा थपिए १५९ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंमा १ सय ३४ जना, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ? (विवरणसहित)
काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ सय २० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय रहेको छ ।
कुल संक्रमित मध्ये ६१.२ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
कुन प्रदेशमा कति संक्रमण मुक्त ?
प्रदेश १ मा ११४४ जना
प्रदेश २ मा ३७९३ जना
वाग्मती प्रदेश ७२४ जना
गण्डकी प्रदेशमा १५६८ जना
प्रदेश ५ मा ४२९० जना
कर्णाली प्रदेशमा १९६१ जना
सुदूरपश्चिम प्रदेशमा ४२२० जना
नेपालमा क्वारेन्टाइनमा बस्नेको यस्तो छ प्रादेशीक विवरण
नेपालमा हाल १३ हजार ५ सय ७१ जना क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ६५ जना र कर्णाली प्रदेशमा सबैभन्दा कम ६ सय २३ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कुन प्रदेशमा कति ?
प्रदेश नं १ मा २ हजार १ सय १६ जना
प्रदेश नं २ मा १ हजार ४ सय ८५ जना
वाग्मती प्रदेशमा ९ सय ४९ जना
गण्डकी प्रदेशमा २ हजार ९ सय २ जना
प्रदेश नं ५ मा १ हजार ९ सय ३१ जना
कर्णाली प्रदेशमा ६ सय २३ जना
सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ६५ जना
हाल कोरोना संक्रमित नभएका यी ४ जिल्ला
नेपालको ७७ जिल्लामध्ये हाल ४ जिल्लामा कोरोना संक्रमित छैनन् । ४ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा गौतमले जानकारी दिए ।
- डोल्पा
- हुम्ला
- मनाङ
- मुस्ताङ
काठमाडौंसहित यी ५ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित
- पर्सा
- महोत्तरी
- रौतहट
- काठमाडौं
- मोरङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया