काठमाडौं । नेपालमा कोरोनाको कारण थप ६ जनाको मृत्यु भएको छ ।
यससँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय २० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
मृत्यु हुनेमा काठमाडौं र बर्दियाका १/१ पुरुषहरु साथै मोरङ, भक्तपुर, सुनसरी र चितवनमा १/१ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।
नेपालमा पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढिरहेको छ । मंगलवार नेपालमा हालसम्मकै उच्च १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भने ७ जनाको कोरोनाको कारण ज्यान गएको हो ।
आज नेपालमा थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै कुल संक्रमितको संख्या २८ हजार ९ सय ६८ जनामा कोरोना पुष्टि भएको छ । भने हालसम्म संक्रमितमध्ये ६१ दशमलव २ प्रतिशत अर्थात १७ हजार ७ सय जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया