काठमाडौं । पश्चिमी इण्डोनेशियामा बुधवार समुन्द्रको गहिराईमा शक्तिशाली भूकम्प गएका छन् ।
अहिलेसम्म भूकम्पका कारण जनधनको केहि क्षति नभएको बताइएको छ ।
अमेरिकी भूगर्भीय सर्वेका अनुसार समुन्द्रको १० किलोमिटर गहिराईमा भूकम्प गएको थियो । यसको केन्द्र सुमात्रा द्वीपको बेंगकुलु प्रान्त रहेको बताइएको छ ।
भूकम्पको पहिलो धक्का ६.८ को रहेको र त्यसको ६ मिनेट पछि पुनः ६.९ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया