इजरायलद्वारा गाजापट्टीमा हवाई हमला !

काठमाडौं । इजरायली सेनाले आक्रामकता देखाउँदै गाजा पट्टीको चरमपन्थी संगठन हमासको आतंककारी अड्डामा हवाई हमला गरेको छ ।

फिलिस्तानी क्षेत्रबाट रकेट र बिस्फोटक पदार्थले आक्रमण गरेपछि यो जवाफी कारवाही भएको बताइएको छ ।

इजरायल सेनाले सूचना दिँदै भनेको छ कि, गाजाको तर्फबाट रकेट तथा बारुदले भरिएको बन्दुक इजरायल तर्फ लञ्च गरिएका छन् ।

त्यसपछि त्यसकै जवाफी कारवाहीमा आतंककारी अड्डालाई निशाना बनाएर हमला गरिएको हो ।

अहिलेसम्म घटनाको केहि विवरण आउन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

इनरायली सेनाका अनुसार उक्त क्षेत्रमा हमासका अहम सेना परिसर पनि सामेल रहेको छ ।

इजरायली सेनाले चेतावनी दिँदै भनेको छ, आम नागरिकमा आतंकी गतिविधिमाथि सह्य नहुने बताएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?