काठमाडौं । नेपालमा कोरोनाको कारण थप ७ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रे, नवलपरासी, मोरड, धनुषा, बाँके र कास्कीका १र१ जना पुरूष र तनहुँकी एक जना महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ ।
नेपालमा पछिल्लो समय कोरोनाको जोखिम बढीरहेको छ । हिजो नेपालमा ५ सय ८१ जनामा कोरोना संक्रमण देखिएको थियो । भने आज एकैपटक १ हजार बढी संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया