काठमाडौं । कोरोना भाइरसका कारण अहिले सारा विश्व ग्रस्त बनेको छ ।

यो भाइरसबाट कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टरहरु पनि संक्रमित बनेका छन् । कोहि डाक्टरहरुको त यो भाइरसका कारण ज्यान समेत गईसकेको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले दाँतको उपचार गर्ने डाक्टरहरुलाई कोरोना भाइरसको धेरै खतरा रहेको र उपचारमा संलग्न हुनेहरुलाई सावधानी अपनाउन आवश्यक रहेको बताएको छ ।

संक्रमण बढीरहेको यो अवस्थामा बिश्व स्वास्थ्य संगठनले डाक्टरहरुलाई विशेष गरेर दन्त चिकित्सकहरुलाई सावधानी अपनाउन अपील गरेको हो । साथै बच्नको लागि डब्ल्यूएचओले गाइडलाइन पनि बताएको छ ।

जारी गाइडलाइनमा भनिएको छ, डाक्टरहरुले रोगीको रुटीन चेकअपबाट बच्न आवश्यक छ, जब सम्म कि, कोरोनाका केसहरु घट्दैनन् तब सम्म ओरल ट्रिटमेण्ट गर्नबाट उनीहरुले टाढै बस्न आवश्यक छ ।

त्यति मात्रै होइन, गाइडलाइनमा भनिएको छ, यदि कोहि बिरामीलाई इमर्जेन्सी छ भने पनि भिडियो कन्फ्रेन्सबाट बिरामीको उपचार गर्नु नै अहिलदेको माहोलमा राम्रो हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसारहेल्थ एक्सपर्ट र डाक्टर संक्रमणको हाई रिस्क जोनमा छन् । यस्तो अवस्थामा दाँतसँग जोडिएका समस्यामा उपचारको बेला डाक्टर बिरामीको र्यालमा रहेका भाइरसबाट संक्रमित हुन सक्छन् । यस प्रकारका हाई रिस्कवाला व्यक्तिबाट कुनै न कुनै तरिकाले भाइरस उनीहरुसम्म पुग्छ ।

विश्व स्वास्थ्य संगठनले डेण्टल क्लिनीकमा डाक्टर एयरोसोल जनरेटिंग प्रोजिसर अपनाउछन्, जसबाट संक्रमित हुने खतरा धेरै बढ्ने गर्दछ ।

त्यसपछि खोक्ने हाच्छ्यूँ गर्ने कारणले आउने ड्रप लेट्सलाई जिम्मेवार मानिएको छ ।

गाइडलाइनका अनुसार मुखमा संक्रमण,ब्लीडिङ, उच्च ज्वरो, औषधिको प्रयोगपछि पनि दुखाई नभएको स्थितीमा मात्र डाक्टरहरुले बिरामीको उपचार गर्न सक्छन् ।

यदि केहि सामान्य समस्या भए त्यसको लागि डाक्टरले बिरामीको अपोइमेण्ट क्यान्सील गर्न आवश्यक रहन्छ, डब्ल्यूएचओले भनेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया