मृतकका परिवारलाई आर्थिक सहयोग

काठमाडौं । जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा परी मृत्यु भएका परिवारलाई एकएक लाख प्रदान गरिएको छ । जुगल गाउँपालिकाले मृतक परिवारलाई रकम हस्तान्तरण गरेको पालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

किरिया खर्चबापत प्रतिमृतक  २५ हजार र बेपत्ताका परिवारलाई राहतस्वरुप प्रतिव्यक्ति  २५ हजार उपलब्ध गराउने गाउँपालिकाको निर्णयबमोजिम नगद पूर्वसांसद सुभाष कर्माचार्यले हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरणमा उहाँसहित जुगल गाउँपालिका र इन्द्रेणी परिवार हिँडेर लिदी पुगेका थिए । पहिरो प्रभावितलाई प्रतिपरिवार एक लाख २५ हजारदेखि दुई लाख ५० हजारसम्म प्रदान गरिएको जुगल गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?