कोरोना संक्रमितहरूको संख्या शुन्य भएका यी ५ जिल्ला

काठमाडौं । नेपालको ७७ जिल्लामध्ये हाल ५ जिल्लामा कोरोना संक्रमित छैनन् । ५ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमितहरूको शुन्य संख्या भएका जिल्लाहरू

  • संखुवासभा
  • मनाङ
  • मुस्ताङ
  • डोल्पा
  • हुम्ला

नेपालमा आज (आईतवार) थप ६४१ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार ६६० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १०४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ३३५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?