काठमाडौं । कोरोना संक्रमित बढेपछि अस्पतालहरूमा बेडको नै अभाव हुन थालेपछि स्वास्थ्य मन्त्रालयले निजी मेडिकल कलेजहरुलाई पनि छुट्टै कोरोना उपचार कक्ष संचालन गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले देशभरका निजी मेडिकल कलेजहरूलाई स्वीकृत बेड (शैया) को कम्तीमा एक तिहाइ बेड कोरोना संक्रमितको उपचारका लागि छुट्टयाउन भनेको हो ।
मन्त्रालयका प्रवक्ता गौतमले भने, ‘‘देशभरका सम्पूर्ण मेडिकल कलेजहरूले कोरोना संक्रमितको उपचारका लागि छुट्टै आइसोलेसन भवन वा कक्ष तोकी स्वीकृत बेड संख्याको एक तिहाइ बेड छुट्ट्याएर उपचारको व्यवस्था गर्न सूचित गरिएको छ।’’
नेपालमा आज (शनिवार) थप ४६८ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार १९ पुगेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १०२ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १२४ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार २०१ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया