काठमाडौं । भारतको ७४ औँ दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमाना मिच्न खोज्नेलाई भारतले उचित जवाफ दिन जानेको बताएका छन् ।
उनले भने, ‘एलओसीदेखि लिएर एलएसीसम्म जसले पनि हाम्रो सीमानामा आँखा लगाउँछ त्यसलाई हामी जवाफ दिन तयार छौँ, हाम्रो जवानले के गर्न सक्छन् त्यो सारा विश्वले लद्दाखमा देखिसकेको छ ।’
उनले थपे, ‘देशको सीमानामा आँखा उठाएर हेर्नेलाई हाम्रा वीर सैनिकले उनीहरुकै भाषामा जवाफ दिनेछन् ।’
मोदीले मातृभूमीप्रति लडेर वीरगति प्राप्त भएका जवान सहिदहरु प्रति आधारपूर्वक नतमस्तक रहेको पनि बताएका छन् ।
उनले भने, ‘भारतले जति शान्तिका लागि कुरा गर्छ त्यति नै कुरा आँखा उठाउनेहरुलाई लखेट्न पनि प्रयोग गर्छ ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया