एक दिनमा हालसम्मकै सबैभन्दा बढी मृत्यु पुष्टि, संक्रमित बढ्दै

कोभिड–१९ संक्रमित वृद्धि भएसँगै मृत्युदर र गम्भीर बिरामी भएर आईसीयू र भेन्टिलेटरमा उपचार गराउने क्रम बढेको छ ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै संक्रमणका कारण १० जनाको मृत्यु भएको पुष्टि गरेको छ । आईसीयू र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या ८९ पुगेको छ ।

मोरङ, बारा र धनुषाका दुई–दुई जना तथा काठमाडौं, कपिलवस्तु, महोत्तरी र धादिङका एक–एक जनाको मृत्यु भएको हो । तीमध्ये पाँच जना राजधानीका अस्पतालमा उपचाररत थिए ।

‘एक दिनमा हालसम्मकै सबैभन्दा बढी मृत्यु पुष्टि बुधबार भयो,’ मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले भने ।
काठमाडौं उपत्यकामा दिनमा सयभन्दा बढी संक्रमित थपिइरहेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?