उपत्यकाका नगरपालिका फोरमले उपत्यका संक्रमणको उच्च जोखिमयुक्त रहेकाले भदौ १५ गतेसम्मका लागि सार्वजनिक यातायातमा पुनः रोक लगाउन सिफारिस गरेको छ । काठमाडाै र ललितपुर महानगरपालिकासहित १८ स्थानीय निकाय प्रमुखको बैठकले सो निर्णय गरेको हो ।
प्रधानमन्त्री कार्यालयका सचिव, तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारी र जिल्ला समन्वय समिति प्रमुखसहितको बैठकले अनधिकृत रुपमा उपत्यका प्रवेश गरेकाहरुमा कोरोना संक्रमण बढी देखिएको जनाएको छ ।
बैठकले निर्माण कार्यका मजदुर, ठेलागाडा, साइकल, फुटपाथ र तरकारी व्यापार गर्न आएकाहरु बढी देखिएको हुँदा तरकारी व्यापारलाई साँझबिहान मात्र सीमित गर्न र निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साइकलमार्फत गरिने व्यापारलाई भदौ १५ गतेसम्मका लागि निषेध गर्ने निर्णय गरेको छ । नेपाल समाचारपत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया