एकल अङ्ककै ब्याजदरमा उपलब्ध हुँदा पनि कर्जा विस्तार हुन सकेन

वाणिज्य बैङ्कहरू पछिल्ला दिनमा कर्जा विस्तारमा आक्रामक जस्तै देखिएका छन् तर पनि कर्जाप्रतिको आकर्षण भने बढ्न सकेको छैन । बैङ्कहरूले कर्जा विस्तारमा विभिन्न सुविधा र योजना सार्वजनिक गरिरहँदा पनि कर्जा विस्तार हुनुको सट्टा सङ्कुचन हुँदै गएको छ ।
कोरोना सङ्क्रमणले थलिएको अर्थतन्त्रसँगै उद्योग÷व्यवसाय प्रभावित हुँदा एकल अङ्ककै ब्याजदरमा उपलब्ध हुँदा पनि कर्जा विस्तार हुनुको सट्टा घट्दो क्रममा छ । बैङ्कहरूमा निक्षेप सङ्कलन बढ्दो छ भने कर्जाको माग र आपूर्ति घट्दो छ ।

नेपाल राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार असारमा मात्रै १५६ अर्ब निक्षेप सङ्कलन भएको थियो । यो तथ्याङ्क प्रारम्भिक भएका हुनाले अझ बढ्न सक्ने उनको भनाइ छ । कोरोना सङ्क्रमणको जोखिमबाट जोगिन गरिएको बन्दाबन्दीयता निक्षेप बढिरहेको छ ।

उनका अनुसार बन्दाबन्दी सुरु भएको चैतमा ५३ अर्ब सङ्कलन भएको निक्षेप वैशाखमा ४५ अर्ब, जेठमा ७४ अर्ब सङ्कलन भएको छ । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?