कोरोना विश्व अपडेट : यस्तो छ महामारीको पछिल्लो अवस्था (ताजा विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ३६ हजार ४४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड १ लाख ४१ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड २९ लाख ८९ हजार २ सय ४४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ७ सय ५६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ६५ हजार ८ सय १५ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १६ हजार ८ सय ६९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५२ लाख १६ हजार ३ सय १३ पुगेको छ । हालसम्म २६ लाख ७२ हजार ३१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार ८ सय १५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय ९८ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ३ हजार ७ सय ६७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३० लाख ३९ हजार ३ सय ४९ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख १ हजार २ सय ६९ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २१ लाख १८ हजार ४ सय ६० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ३३ सय जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४५ हजार १ सय ९८ पुगेको छ । बितेको २४ घण्टामा ४३ हजार ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २२ लाख ५७ हजार ५ सय ७२ पुगेको छ । हालसम्म १५ लाख ७१ हजार ७ सय १२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७ सय ३२ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १५ हजार १ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार १ सय १८ जनामा कोरोना पुष्टि भएको र ७० जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ८ लाख ९२ हजार ६ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ६ लाख ९६ हजार ६ सय ८१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० हजार ४ सय ८ पुगेको छ । हालसम्म ५ लाख ५९ हजार ८ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ४ लाख ११ हजार ४ सय ७४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

पेरुमा हालसम्म पेरुमा २१ हजार ७२ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ४ लाख ७८ हजार २४ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ३ लाख ३२ हजार २० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय ८८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

मेक्सिकोमा बितेको २४ घण्टामा ४ हजार ३ सय ७६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४ लाख ८० हजार २ सय ७८ पुगेको छ । हालसम्म कोरोनाको कारण ५२ हजार २ सय ९८ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र २ सय ९२ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा ३ लाख २२ हजार ४ सय ६५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार ७ सय ८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० हजार १ सय ३९ पुगेको छ । चिलिमा बितेको २४ घण्टामा १ हजार बढीमा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ७५ हजार ४४ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ४७ हजार ३ सय ४२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये १ हजार २ सय ७६ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ५ सय ३ पुगेको छ । हालसम्म ३ लाख ६१ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको तथ्यांक अनुसार स्पेनमा बितेको २४ घण्टामा स्पेनमा कोरोनाको कुनै संक्रमण देखिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?