नायिका पुजा शर्मासँग पत्रकार सुवेदीले मागे माफी !

काठमाडौं । रजतपट टेलिभिजन कार्यक्रमका संचालक प्रकाश सुवेदीले माफी मागेका छन् । उनले टेलिभिजन कार्यक्रम मार्फत दारा भन्ने शब्द आफुले बोल्नु नहुने भन्दै माफी मागेका हुन् ।

उनले अब आइन्दा यस्तो गल्ती नहुने भन्दै माफी मागेका हुन् ।

‘नेशनल टेलिभिजन मार्फत यस्तो अनर्थ शब्द उच्चारण गर्नु हुँदैन थियो’ सुवेदीले भने ‘यस बिषयको माफी एक पटक, सय पटक, हजार पटक भन्दा पनि चित्त बुझ्दैन भने लाख पटक माग्छु ।’ सुवेदीले आफुबाट गल्ती भएको र यस विषयमा आफु चुकेको समेत स्पष्ट पारेका छन् ।

बिहिबार रजतपटमा बोलेको शब्द कसै प्रति लक्षित नभएको बताएका सुवेदीको नेपाली चलचित्रमा बढि बोलिने, सुनिने भएकाले यस्ता शब्द आफुले पनि बोल्न पुगेको भनाई समेत राखेका थिए ।

आफुले भुलवस बोलको शब्दले जुन रेन्स्पोन्ज आएको छ ।

त्यसले आफुलाई बढो गम्भिर बनाएको बताएका सुवेदीले आफुले दुई दशक अगाडिकी अभिनेत्रीले अझैँ उस्तै उर्जावान छिन् भन्दा कसैको ध्यान नगएकोमा दुःख समेत व्याक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?