काठमाडौं, १७ फागुन ।सरकार विस्तार र संविधान संशोधनका विषयमा सहमति जुटाउन वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालको बैठक बालुवाटारमा सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुबीच बुधबार सहमति जुट्न नसकेपछि आज पुनः बैठक बसेको हो । एमाले सचिव प्रदीप ज्ञवालीले संविधान संशोधन र सरकारमा सहभागिताको विषयलाई लिएर फोरमसँग भइरहेको संवाद सकारात्मक रहेको र आजको बैठकले यसलाई निष्कर्षमा पुर्याउने दाबी गरे । वाम गठबन्धन र फोरमबीचको वार्ता निष्कर्षमा नपुग्दा सरकार विस्तारमा ढिला भइरहेको छ । आजाको बैठबाट सहमति निस्केमा सरकार विस्तारको बाटो खुल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया