हेर्नुहोस् २०७७ साल साउन २६ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ साउन २६ गते । सोमवार । इ.स.२०२० अगष्ट १० तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । नेपाल संवत् ११४० । भाद्र कृष्णपक्ष । तिथी–सप्तमी,अहोरात्र । नक्षत्र–अश्विनी,२० बजेर ५० मिनेट उप्रान्त भरुणी । योग–शूल,०७ बजेर ४७ मिनेट उप्रान्त गंड ।

करण–भद्रा,१७ बजेर २० मिनेट उप्रान्त बव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय ५ बजेर ३२ मिनेटमा, सूर्यास्त १८ बजेर ४४ मिनेटमा । दिनमान ३३ घडी ०० पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

व्यापारमा लागानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आर्थिक पक्ष मजबुत रहनेछ भने आर्थिक वृद्धिका लागी नयाँ अवसरहरु प्राप्त हुनेछन् । विद्यार्थिहरुका लागि आजको समय उत्तम रहेकोले नतीजा आफैतिर ल्याउन सकिनेछ । आफन्त तथा परिवारका साथ रमाईलो यात्रा गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । प्रणय सम्बन्धमा सुधारको संकेत देखिनेछ । दैनिक समस्याहरु सुल्झाउदै बढ्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने तथा परिवारका अग्रज व्यक्तित्वसँग राय बाजिनेछ । तर पनि विदेशी सामानको व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तथा कामको शिलशीलामा विदेशी भमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानी बढ्नेछ । परिवारका ईच्छा,आकांक्षा तथा मनोकामना पूर्ति गर्न सकिनेछ । पैत्रिक धन तथा सञ्चित धनको प्रयोग गर आम्दानीमा वृद्धि गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलाई उछिन्दै अग्र स्थानमा आउन सकिनेछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

नयाँ काम पाउने तथा गरीरहेको काममा बढुवा वा स्थानान्तरणको गतिलो सम्भावना रहेको छ । व्यवसाय फस्टाएर जानेछ भने लगानीका अवसर जुट्नेछ । सरकारी तथा प्रशासनिक काममा तपाईको गतिलो उपस्थिती रहनेछ । कृषी तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने अध्ययनकै शिलशीलामा यात्राको तय गर्न सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

वौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुची बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । दाम्पत्य सुख,प्रेम सम्वन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आफन्त तथा दिदिबहिनीसँग मनमुटाव सिर्जना हुने योग रहेकोछ । समय तथा परिस्थिती अनुसार नचल्नाले दुख पाईनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

रमाईलो तथा पारिवारिक माहोलमा दिन बित्नेछ भने पारिवारिक माहोलमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यवसायमा सानो सानो लगानीबाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउनेछ । भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पढाई लेखाईमा सहपाठी हरुलाई किनारा लगाउँदै एक कदम अगाडी बढ्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पुराना स्वास्थ्य सम्वन्धी समस्या हल भएर जानेछ भने ऋणबाट मुक्त हुन सकिनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने पति पत्नी विच बिश्वास बढेर जानेछ । अफिसियल यात्राको गतिलो योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अध्ययनमा भनेजस्तो उपलब्धी हासिल गर्न सकिनेछ भने अध्ययनकै निमित्त प्रविधिको प्रयोग गर्न सकिनेछ । । परिवार तथा सन्तानले व्यापामा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । बैंक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत कामबाट मनग्गे धन आर्र्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समय मध्यम रहेकोले व्यापारमा लगानी गर्नको लागि केहि दिन कुर्नु नै राम्रो रहनेछ । तर पनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । आमा तथा आफन्तसँग टाडिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । माया प्रेममा नजिक हुँदा मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या बढ्ने योग रहेको छ । राजनीतिज्ञको लागि समय मध्यम रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आँट,शाहस तथा पराक्रमा वृद्धि भएर जाने हुनाले उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने विवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । लेखन कला तथा साहित्यमा बाँकि रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रशङ्गमा रमाउने चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

सयममा काम गरी प्रशंसक तथा समर्थकहरु जुटाउन सकिनेछ । वुद्धि तथा बाणिको माध्यमले धेरैको मन आफूतिर खिच्न सकिनेछ । परिवारका साथ रमाईलो गर्दै मिष्ठान्न भोजनका साथ रमाउन सकिनेछ । गीत संगीत तथा मोडलिङ पेशा व्यवसायमा समय लगानी गर्दै हुनुहुन्छ भने समय फलदायी रहेको छ । अध्ययनमा मन जानेछ भने खोजीमुलक क्षेत्रमा रुची बढ्नेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?