चितवन क्षेत्र नं. १ का मतदाता पूर्ण रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन् पत्रमा प्रधानमन्त्रीलाई मुलुकको विकासमा लागि तपाईले गरेको वाचा, माओवादीसम्गको एककिरणको प्रतिवद्धता र शेरबहादुर देउवाको अकर्मण्यता आदिले काम गरेको छ कुरा उठाइएको छ मतदाता पूर्ण रिजालले लेखेको पत्रको पूर्णपाठसम्माननीय प्रधानमन्त्रीज्यू,सादर अिभवादन.!प्रधानमन्त्री हुनुभएकोमा हार्दिक बधाई.!तपाई प्रधानमन्त्री बन्नुहुन्छ नै भनेर नेपाली जनताले तपाईको पार्टीलाई जिताएको कुरा घाम जत्तिकै छर्लंग छ । तपाईको यो विजय यात्रा किन सफल भयो त भन्दा भारतीय नाकाबन्दीमा तपाईले लिएको अडान.!त्यसपछि विकासकालागि तपाईले गरेका वाचा, माओवादीकेन्द्रसँगको एकीकरणको प्रतिवद्धता र शेरबहादुर देउवाको अकर्मण्यता आदिले काम गरेको छ तपाईँको यो विजयश्रीमा.! तपाईँको पार्टीको विजयको अर्को महत्वपूर्ण र कारक तत्व भनेको मधेसवादी दलको नागरिकता संबन्धि संविधान संशोधनको रटानलाई पूरा अस्विकार.!प्रधानमन्त्रीज्यू,नेपाली जनताले यो देशको तारणहार भनेको केपी ओली मात्रै हो भनेर नै तपाईहरुलाई बहुमत दिएका हुन् । तपाईलाई ’ टुक्के ’ भनेर मानमर्दन गर्ने भारतीय हुक्केहरुलाई जनताले सिन्की खाँदेझैँ खाँदे.! अब तपाईलाई सरकार चलाउन पुग्ने आफ्नो बहुमत हुँदा हुँदै संविधान संशोधन गर्ने शर्तमा उपेन्द्र यादवको पार्टीलाई सरकारमा किन ल्याउँदैहुनुहुन्छ ?तपाईले भन्नुभएको थियो – संशोधन किमार्थ हुन सक्दैन । काम गर्दै जाँदा जहाँनेर संविधान वाधक हुन्छ त्यहाँ संशोधन गरिनेछ अहिले होइन । अहिले हाजीर गरेको तीन दिनमै संविधानले कहाँनेर अड्कायो र उपेन्द्र यादवको पार्टीलाई सरकारमा सामेल गराउनुभयो प्रमज्यू ?भारतले नाकाबन्दी गर्दा एकदिन पनि नेपाली जनताले नून–तेल, औषधी चाहियो भनेर तपाईको विरुद्धमा नारा लगाएनन्. ! बरु भने, हामी अलिनो खान्छौँ तर घुँडा नटेक .! भनेका हुन् कि होइनन् ?त्यसबेला उपेन्द्र यादवहरु, राजेन्द्र महतो, महन्थ ठाकुरलगायतकाहरुले उता बसेर यता हामीलाई ढुंगा बर्षाएका कुरा बिर्सनुभो प्रमज्यू ? देश र जनतालाई माया नगर्ने, भारतीयहरुलाई नागरिकता दिनुपर्छ भन्ने, हिन्दीलाई राष्ट्रियभाषा बनाउनुपर्छ भन्नेहरुलाई केन्द्रिय मन्त्रीमण्डलमा सामेल नगरीनहुने र संविधान संशोधन नगरी नहुने के त्यस्तो आपत आइलाग्यो प्रमज्यू ? कि दक्षिणतिरबाट फोन आकोआइ गर्यो ?लालबाबू पण्डितले चुनाव जित्दा भावावेशमा हर्षाश्रु चुहाउने मजस्ता तमाम नेपालीका मनमा उपेन्द्र यादवलगायतका मधेशी नेताका लात्ताले किन हान्न लगाएको प्रमज्यू ?मधेसमा चेतनाको कमी छ, विकास निर्माण हुनसकेका छैनन् तर देस र राष्ट्रियताप्रतिको चेतना उच्चकोटीको छ भन्ने प्रमाण गोविन्द गौतमले कैलालीमा छातीमा गोली थापेर देखाइदिएकाछन्। सप्तरी, तिलाठीका देवनारायण यादवले सीमा मिच्ने भारतीयहरुलाई खेदेर आफैँ अपहरणमा परेका थिए । चिन्नुहुन्छ वहाँहरुलाई प्रधानमन्त्रीज्यू? कि फटाहा राजेन्द्र महतोहरुलाई मात्र ?हुन त तपाईले यो मेरो सानो अनुरोध के पढ्नुहोला र.! तपाईका धुपौरे, चम्चे हनुमानदासहरुले हाम्रा कुरा तपाईसम्म पुग्नै दिँदैनन् तर पनि मेरो मनको चिलाई मार्न यी कुराहरु लेखिरहेको छु कि देश सम्बृद्ध पार्ने रटानले मात्र पुग्दैन । हाम्रो देश पूर्वमा यहाँदेखि, पश्चिममा त्यहाँसम्म र उत्तरमा यहाँदेखि दक्षिणमा यहाँसम्म भनेर जनतालाई चिनाउनुस प्रमज्यू.! हामीलाई नसोधी महाकालीनदीमा पाँचवटा पुल हाल्दैछ रे भारतले.! यो कुरा जानकारीमा छ कि छैन ? सीमाविद् बुध्दिनारायण श्रेष्ठलाई राष्ट्रियसभामा ल्याएर सीमानामन्त्री बनाएकोभए कहाँ नेर के बिग्रन्थ्यो प्रमज्यू ?बर्मामा सन् १८२४ अगाडी त्यहाँ गएका आप्रवाशी र तिनका सन्तानलाई मात्र नागरिकता दिइन्छ । तर हामी बर्षेनी कति जनालाई नागरिकता बाँड्दैछौँ ? हिजो बसाई सरेकाहरुलाई आज मन्त्री बनाउँदै हुनुहुन्छ किन ?एउटा अधिकारप्राप्त नागरिकता छानबिन आयोग बनाई बि सं २०२० भन्दा यता वितरण गरिएका नागरिकता छानविन गरी ती नागरिकताधारीहरुको नागरिक प्रमाणपत्र खोस्ने तागत छ तपाईसँग प्रधानमन्त्रीज्यू ?भारतीय र नेपाली प्रबुध्द व्यक्तिहरुको बैठक हालै सकिएको छ । त्यसमा परेका वा नपरेका १९५० को सन्धी र त्योभन्दा अगाडीको १८७२को राणा शाशकले गरेको असमान सन्धीका बारेमा लेखिएका छन् कि छैनन् ? छन् भने कार्यान्वयन गर्न र छैनन् भने त्यो कुराको उठान गरी यो समस्या समाधान गर्न सक्नुहुन्छ प्रमज्यू?बिजुली र सडक सम्वृध्दिका पुर्वाधार हुन् जहाँ जुन खाद्यवस्तुको उत्पादन हुन्छ त्यहाँ त्यसकै खेती गर्न वातावरण बनाए हामी संबृध्दितर्फ उन्मुख हुन्छौँ । पर्यटनलाई प्रमूख आयश्रोतको रुपमा घोषणा गरी नयाँ पर्यटनस्थलको खोजी गर्ने हो भने सम्बृद्ध त्यहिँबाट शुरु हुन्छ । चिबेचरो बिदेशीलाई देखाएर आफ्नो दैनिकी चलाएकाछन् नेपालीले। हामीसँग उत्तरतर्फ लमतन्न सुतेको पानीको पहाड छ।त्यसको उपयोग गरेर बिजुली निकाल्नुस।हामी जनता पाँच किमी वरैबाट चोरऔँलाले पानीका सेतोपहाड देखाएर पर्यटकबाट पैसा लिउँला.! आउँदै न र सम्बृद्ध ?प्रधानमन्त्रीज्यू,अन्त्यमा जुनकुनै हालतमा नागरिकता फितलो हुनेगरी संविधान संशोधन नगर्नु हुन सादर अनुरोध छ.!पूर्ण रिजालमतदाताचितवन क्षेत्र नं १सौराहा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया