को-को बन्दै छन् माओवादीबाट मन्त्री ?

काठमाडौँ, १६ फागुन- माओवादीले सरकारमा सहभागी हुने आफ्ना मन्त्रीको नाम टुंग्याएको छ । उसको भागमा परेका सातमध्ये दुई मन्त्रीले शपथ लिइसकेका छन् । बाँकी पाँच मन्त्रालयमा वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र विना मगरलाई लैजाने निश्चित गरेको प्रचण्डको सचिवालयले जनायो तर, फोरम पनि सरकारमा सहभागी हुँदा मन्त्रालय थप्नुपर्ने या एमाले र माओवादीले पाएको भागबाट एक–एकवटा कटौती गरेर दिनुपर्ने हुन्छ । अहिलेकै मन्त्रालयमा फोरमलाई समेट्ने निश्चित भए माओवादीले टुंग्याएको मन्त्रीको नाममा एकजना कटौती हुन सक्ने सम्भावना देखिन्छ । माओवादीले कसलाई कुन मन्त्रालय भन्ने टुंगो पनि लगाएको छैन, नयाँ पत्रिकामा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?