अब ६० वर्ष पुगेका र लक्षण भएका सबैले परीक्षण गर्न पाउने

सरकारले कोरोना परीक्षणको सीमित दायरा बढाएर फराकिलो पारेको छ। पुरानो ‘नेसनल टेस्टिङ गाइडलाइन’ मा परिमार्जन गरी दायरा फराकिलो पारिएको हो। सबैतिरबाट परीक्षणको दायरा बढाउन अनुरोध भएपछि दायरा फराकिलो पारेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अब रुघाखोकी लागेका, श्वासप्रश्वास समस्या भएका, झाडापखाला लागेका, सुँघ्ने तथा स्वाद थाहा पाउन नसक्ने जस्ता कोभिड–१९ को लक्षण देखिएका सबैको नमुना परीक्षण गरिनेछ। त्यसैगरी संक्रमितको सम्पर्कमा पुगेका, भाइरल संक्रमण भएका, स्थल तथा हवाई मार्गबाट आएकाको पनि सात दिनभित्र पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाइएको छ।

नयाँ निर्देशिका अनुसार फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, प्रहरी तथा अन्यको पनि पिसिआर परीक्षण गरिनेछ। क्वारेन्टिनमा बसेका, कोरोना प्रभावित ठाउँबाट आएका, आइसियुमा उपचार गराइरहेका, ६० वर्र्ष उमेर पुगेका, अस्पतालमा शल्यक्रिया प्रक्रियामा रहेका र अस्पतालबाट डिस्चार्ज हुन लागेका सबैको पिसिआर परीक्षण गरिने भएको छ। नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?