काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए ) अन्तर्गतको स्वास्थ्य समितिले विश्वभर कोरोना भाइरसको संक्रमणदर वृद्धि हुँदै गएपछि चिन्ता व्यक्त गरेको छ ।
समितिले स्पेन, बेल्जियम, युके, अमेरिका लगायतका देशमा पुनः कोरोना भाइरसको संक्रमण वृद्धि हुन थालेपछि नेपाली समुदायलाई समेत सचेत रहन आग्रह गरेको छ ।
समितिले कोरोना भाइरसको दोस्रो लहर सुरु हुनसक्ने सम्भावना बढ्दै गएको निष्कर्ष निकाल्दै सार्वजनिक यातायात तथा अन्य मानिसहरु भेला हुने स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ ।
बढेको बढ्यै संक्रमित
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमणका कारण यो साता थप २८ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संक्रमणका कारण भारतमा मात्रै २५ जना, र अन्य देशमा ३ जना गरी यो साता थप २५ जनाको मृत्यु भएको हो ।
भारतमा तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण नेपाली पनि प्रभावित भएको र उनीको मृत्युको दर पनि बढिरहेको बताउँदै समितिका संयोजक डा. संजीव सापकोटाले भने, “अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स नयाँ डिल्लीमा कार्यरत डा। सागर पौडेलले दिएको जानकारी अनुसार भारतमा विभिन्न मितिमा ज्यान गुमाएका नेपालीको संख्या थप २५ पुगेको पुष्टि यो साता भएको हो ।
भारतको महाराष्ट्रमा रहेका नेपालीहरु बढी प्रभावित छन् ।” यस्तै यही साता साउथ अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । यस्तै साउदी अरबमा २ जनाको संक्रमणकै कारण ज्यान गएको छ ।
योसँगै संक्रमणका कारण विदेशमा मात्र १ सय ८९ जना नेपालीको मृत्यु भएको छ । शनिवार साँझ सम्म नेपालका ५६ सहित विश्वभर २ सय ४५ जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
‘वैवाहिक वर्षगाँठ’ मनाउन पुगेका ३५ जना नेपालीमा कोरोना संक्रमण पुष्टि
वैवाहिक वर्षगाँठ ‘म्यारीज एनिभर्सरी’ मनाउन पुगेको ३५ जना नेपालीमा कोरोना भाईरस ‘कोभिड -१९’ कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको छ ।
घटना यूरोपेली मुलुक लग्जेम्वर्गमा बसोबास गर्ने नेपालीको हो ।
३५ नेपालीहरु जो वैवाहिक वर्षगाँठ मनाउने पारिवारीक जमघटना सहभागि भएका थिए । सहभागिमध्ये ३५ जना एकैपटक संक्रमित भएका छन् ।
संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर रहेको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।
नेपालमा कोरोना : स्थिति भयावह हुने सक्ने चेतावनी दिँदै ‘१० मन्त्र’ अपनाउन जनस्वास्थ्यविद्को सुझाव
एकातिर करिब ४ महिना लामो लकडाउन एकाध सेवाबाहेक खुल्ला हुनु, संक्रमितको संख्या देशभर बढ्दै जानु, काठमाडौं उपत्यकाका तिनै जिल्ला काठमाडौं भक्तपुर, ललितपुर, र घना बस्ती भएका शहरहरुमा कोरोना भाईरस संक्रमितको संख्या बढ्दै जानु, मानिसहरु ओहोरदोहोर हुने नाकामा गरिएका परिक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आउनु, समूहमा सेवा दिईरहेका स्थानका प्रहरी, चिकित्सक लगायतमा संक्रमण पुष्टि हुनु शहरमा खुलेआम सभा हुनु, आन्दोलनमा मानिसहरु संलग्न हुनु, भिडभाड बढ्नु, सुरक्षा सतर्कता बिना नै मानिसहरु बजारमा निस्कनु, किनमेल गर्ने स्थानमा हुलमुल हुनु जस्ता कारण कोरोना संक्रमण थप फैलिन सक्ने भन्दै जनस्वास्थ्यविद्ले सुझाव दिएका छन् । यस सन्दर्भलाई लिएर जनस्वास्थ्यविद् रविन्द्र पाण्डेयले केहि सुझाव सेयर गरेका छन् उनको सुझाव यहाँ प्रस्तुत गरिन्छ ।
‘कोरोना संक्रमणबाट बच्न यी १० मन्त्रलाई आफ्नो जीवनशैली बनाउनुहोला’
१. जनस्वास्थ्यका मापदण्ड अपनाउने : महामारीको समयमा सकभर घरमै बस्ने, घरबाट काम गर्ने, घर बाहिर जाँदा अनिवार्य रूपमा सही तरिकाले मास्क लगाउने, बाटोमा, चोकमा र कार्यस्थलमा न्यूनतम ६ फीटको व्यक्तिगत दूरी कायम गर्ने, साबुनपानीले हात धोइरहने र ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्ने, नाकमुख तथा आँखा छुने बानी त्याग्ने, भीडभाडमा नजाने, झ्यालढोका खुला भएको ठाउँमा बस्ने लगायतका सुरक्षित व्यवहारलाई जीवनशैलीको रुपमा अवलम्बन गर्नु जरुरी छ ।
२. तन्दुरुस्त रहने : शारीरिक व्यायाम, पोषिलो खाना, पर्याप्त निद्रा, घामताप्ने बानी, योग, ध्यान तथा तनावलाई व्यवस्थापन गर्ने अन्य कौशलताले हामीलाई तन्दुरुस्त बनाउँछ । रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्दछ । गुर्जो, अश्वगन्धा, अदुवा, बेसार, कागती, मह, मरिच, लसुन, प्याज, दालचिनी, तुलसी, भिटामिन सी, जिंक, भिटामिन डी आदिको सेवनले रोगप्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ ।
३. जोखिमबाट टाढा रहने : अस्पताल, बजारमा हुने भीडभाड, सार्वजनिक यातायात, शपिङ मल, डिपार्टमेन्टल स्टोर, कर तिर्ने ठाउँ, विभिन्न महशुल बुझाउने ठाउँ, बैंक, गल्ली आदि ठाउँमा नजाने । जानुपर्यो भने छोटो समयको लागि सुरक्षा सतर्कता अपनाएर जाने ।
४. स्वास्थ्य अवस्था थाहा पाउने : ब्लडप्रेसर, रगतमा चिनीको मात्रा, युरिक एसिड, कोलेस्टेरोल (लिपिड प्रोफाइल), थाइराइडको अवस्था (टीएफटी), मिर्गाैलाको अवस्था (आरएफटी), कलेजोको अवस्था (एलएफटी), पेटको भिडियो एक्सरे, छातीको एक्स रे, ईसीजी, पिसाबको जाँच, पुरुषले प्रोस्टेट ग्ल्यांड तथा महिलाले पाठेघरको अवस्था, भिटामिन डी, क्याल्सियम, भिटामिन बी १२, हेमोग्लोबिन आदिको अवस्था तथा समस्या देखिएमा अन्य आवश्यक परीक्षण गर्ने । रिपोर्ट अनुसार चिकित्सकको सल्लाहमा समस्याको उपचार गर्ने । महामारीसँग लड्नको लागि स्वास्थ्य अवस्था राम्रो बनाउनु जरुरी हुन्छ ।
५. कुलतको त्याग : रक्सी, चुरोट, सुर्ती, गुट्खा, लागूपदार्थ, इन्टरनेट एडिक्सन आदि भएमा हाम्रो इम्युनिटी पावर कम हुन्छ । शरीरलाई ध्वस्त बनाउने यी अम्मल तत्काल छोड्नु जरुरी छ । खोप लागेपछि वा भाइरस कमजोर भएपछि यो महामारीको अन्त्य हुनेछ । त्यो लक्ष्यमा पुग्ने पुल भनेको धैर्यता, सुरक्षा सतर्कता र स्वस्थ जीवनशैली हो ।
६. विश्वसनिय मिडिया मात्रै र्हेन पढ्ने, प्रयोग गर्ने : मृत्यु भएका, शव गाडेका लगायत कोरोनाबारे सनसनीपूर्ण समाचार हेर्नु हुँदैन । नेपाल सरकार, डब्ल्यूएचओ, सीडीसी, एफडीए, युनिसेफ लगायतका आधिकारिक सूचना तथा स्वास्थ्यकर्मीको सल्लाह मात्र विश्वास गर्ने, प्रतिष्ठित तथा विश्वासिला रेडियो, टेलिभिजन, पत्रिका र १- २ अनलाइन पोर्टल दिनको बढीमा २ पटक मात्र हेर्ने बानीको विकास गर्यौं भने तनाब घट्दछ । भ्रम र हल्लाको पछि लागेर आफूलाई यातना दिने काम गर्नु हुँदैन ।
७.मानसिक स्वास्थ्य बलियो बनाउने : योग तथा ध्यान गर्ने, मोटिभेसनल स्पीच सुन्ने, कमेडी फ्लिम हेर्ने, घर तथा करेसाबारीमा काम गर्ने, पढ्ने, लेख्ने, आर्ट गर्ने, सकारात्मक सोंच भएका साथीसँग फोनमा कुरा गर्ने, कुनै व्यवसायले तनाव दिएको भए त्यो व्यवसाय सल्टाएर अर्को व्यवसाय शुरू गर्ने, आर्थिक जोखिमका काम तथा लगानी नगर्ने, आत्मबल र आत्मविश्वास बढाउने तथा यो समस्या संसारकै समस्या हो भनेर आत्मसात गर्ने एवं हरेक रातपछि सुनौलो बिहानी आउने तथ्य बुझ्नु जरुरी छ ।
८. रिपोर्ट नर्मलमा राख्ने : दीर्घ बिरामीले जोखिमबाट बच्नको लागि नियमित औषधि सेवन गरेर आफ्ना रिपोर्ट नर्मलमा राख्यौं भने अन्य व्यक्तिसरह संक्रमणसँग लड्न सकिन्छ । त्यस्तै ज्येष्ठ नागरिकले आफूलाई युवा ठानेर सक्रिय जीवन बिताएमा रोगसँग जित्ने स्टामिना प्राप्त हुन्छ ।
९. धैर्यता : खोप लागेपछि वा भाइरस कमजोर भएपछि यो महामारीको अन्त्य हुनेछ । त्यो लक्ष्यमा पुग्ने पुल भनेको धैर्यता, सुरक्षा सतर्कता र स्वस्थ जीवनशैली हो । युवा तथा निरोगीले काम गर्ने, जोखिम वर्ग घरमै बस्ने अनि जोखिम वर्गलाई घरभित्र पनि आइसोलेसनको वातावरण प्रबन्ध गर्ने हो भने संक्रमणबाट हुने जोखिमलाई न्यून गर्न सकिन्छ । ज्येष्ठ नागरिक तथा दीर्घ बिरामीलाई बचाउनु हामी सबैको पहिलो कर्तव्य हो ।
१०. सजगता अपनाउने : ‘कोभिड – १९’ को कारणभन्दा अन्य रोगले मृत्युको संख्या बढिरहेको छ । तसर्थ आफ्ना बालबालिकालाई खोप लगाउने, पोषणमा ध्यान दिने, मानसिक रुपमा सपोर्ट गर्ने, औषधिसेवीलाई नियमित औषधि उपलब्ध गराउने, गर्भवती तथा सुत्केरीलाई नियमित परीक्षण, पोषण, आराम र सुरक्षाको प्रत्याभूति गर्ने एवं समाजमा सहयोगी तथा सकारात्मक वातावरण निर्माण गर्न हामी सबैको दायित्व हो ।
एकबाट दोस्रोमा सजिलै सर्ने यस भाईरसबाट बच्न :
अत्यावश्यक कामबाहेक बाहिर नजान
अनिवार्य मास्कको प्रयोग गर्न
समयसमयमा साबुनपानीले हात धुन
सेनिटाईजर प्रयोग गर्न
भौतिक दूरी कायम गर्न
एक जिल्लाबाट अर्को जिल्लामा नजान
सेनिटाईजरको प्रयोग गर्न चिकित्सकले सुझाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया