रेशम चौधरीले भने- संसद् भवनको ढोका बन्द भएको छैन

कैलाली, १५ फागुन- टीकापुर घटनाका अभियुक्त रेशम चौधरीले साढे दुई वर्षपछि सोमबार बिहान कैलाली जिल्ला अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । दिनभर चलेको बयान र बहसपछि अदालतले पुर्पक्षका लागि उनलाई थुनामा राख्न आदेश दिएको छ अदालत परिसरमै उनले पत्रकारसँग कुराकानी गरेका थिए | सो क्रममा चौधरीले संसद्मा जाने ढोका बन्द नभएको बताए । कारागार चलान गरिनुअघि उनले भने, ‘यो नै अन्तिम फैसला होइन, त्यसैले मेरो संसद्मा जाने ढोका बन्द भएको छैन ।’ उनले अदालतप्रति भरोसा जनाएका छन् । चौधरीले भने, ‘अहिले कारागार चलान गरे पनि आगामी दिनमा अदालतले मलाई न्याय दिनेछ भन्ने विश्वास लिएको छु ।’कारागार चलानको आदेशले भारी मतले विजयी सांसदको विश्वास नगरेजस्तो देखिएको उनको भनाइ थियो । प्रतिनिधिसभा निर्वाचित सदस्य चौधरीले भने, ‘अदालतको आदेश पूर्वाग्रही भयो भन्दिनँ तर, साढे ३४ हजार जनमतले विजयी भएको सांसदलाई विश्वास नगरेजस्तो देखियो । भाग्ने भए अदालतमै उपस्थित हुने थिइनँ ।’ नयाँ पत्रिकामा खबर छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?