बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र यसअघिको स्थानीय ठेकेदार कम्पनीबीचको रकम लेनदेन र विवाद मिलाउन पहल जारी छ तर, काममा ढिलाइ भएको जनाउँदै एसियाली विकास बैंक (एडीबी) ले दिएको सहयोग रोक्ने चेतावनीमा अझै पुनर्मूल्यांकन गरिएको छैन एडीबीले करिब डेढ महिना चिनियाँ ठेकेदार कम्पनीले निर्माणमा सन्तोषजनक काम नगरेकाले अनुदान र ऋण रोक्ने चेतावनी पत्र नागरिक उड्डयन प्राधिकरणलाई पठाएको थियो । चिनियाँ कम्पनीले ग्लोबल टेन्डरमार्फत सन् २०१७ डिसेम्बर ३१ सम्म काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । २ वर्षमा सक्ने भन्दै सन् २०१५ को जनवरीमा तामझामसहित शिलान्यास गरी काम सुरु गरेको थियो मधेस आन्दोलन र भूकम्पलगायत कारण देखाउँदै कम्पनीलाई थप ६ महिना अर्थात् जुनसम्म म्याद थपिएको छ । तर कम्पनीले जनवरीयता गरेको कामको रकम दिएको छैन । गत शुक्रबार एडीबीको काठमाडौंमा भएको ‘रिभ्यु मिटिङ’ मा पनि विमानस्थलको प्रगति सन्तोषजनक नभएको निष्कर्ष निकालिएको छ यसले विमानस्थल निर्माणको काम अन्योलमा परेको छ । कुल ६ अर्ब २२ करोड रुपैयाँ लागतको विमानस्थलमा एडीबीको ५४ करोड अनुदान छ । बाँकी ४ अर्ब २० करोड रुपैयाँ ऋण सहयोग हो । रकमका हिसाबले अहिलेसम्म २ अर्ब खर्च भएको छ, कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया