काठमाडौं । नेपालमा हाल सक्रिय कोरोना संक्रमित ‘एक्टिभ केस’ को संख्या ५ हजार ३ सय १६ रहेका छन् । नेपालमा बितेको २४ घण्टामा २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ ।
हालसम्म संक्रमितमध्ये १४ हजार ३ सय ९९ जना कोरोना मुक्त भएका छन् । जुन कुल संक्रमितको ७२ दशमलव ८ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा मात्र थप १ सय ५१ जना कोरोना मुक्त भएका छन् । सक्रिय संक्रमित मध्ये सबैभन्दा धेरै प्रदेश नं २ मा २ हजार ३४ जना र सबैभन्दा कम प्रदेश नं १ मा २ सय २२ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
कुन प्रदेशमा कति छन् एक्टिभ केस ?
प्रदेश नं १ मा २ सय २२ जना
प्रदेश नं २ मा २ हजार ३४ जना
वाग्मती प्रदेशमा ५ सय ७२ जना
गण्डकी प्रदेशमा ३ सय २४ जना
प्रदेश नं ५ मा ३ सय ८५ जना
कर्णाली प्रदेशमा २ सय ९६ जना
सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ८३ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया