नेपालमा एकैदिन कोरोनाको कारण ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाको कारण थप ४ जनाको मृत्यु भएको छ ।

मृत्यु  भएका सबै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका रहेका छन् । मृत्यु हुनेमध्ये ३ जना पुरुष र १ जना महिला रहेकी छिन् ।

यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

मृत्यु हुनेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं ११ श्रीपुर बस्ने ५६ वर्षीय पुरुष रहेका छन् । उनको बिहीवार राति ११ बजे निधन भएको हो । उनमा मुटुसम्बन्धि समस्या रहेको थियो । उनलाई भेन्टिलेटर र आईशियुमा राखेर उपचार गरिएको थियो । उनमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि गण्डक अस्थायी कोरोना अस्पतालमा उपचारका लागि लगिएको थियो । भने मृत्युको समयमा उनको शरिरमा अक्सिजनको मात्रा कमि हुँदै गएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

त्यस्तै अर्का मृतक पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं १६ निवासी ३५ वर्षीय पुरुष रहेका छन् । उनको बिहीवार राति ७:४० बजे गण्डक अस्पताल वीरगञ्जमा निधन भएको हो । उनको स्वास्थ्यमा समस्या आएपछि निजी क्लिनिक हुँदै गण्डक अस्पताल आएका थिए । उनमा ज्वरो तथा श्वास प्रश्वासमा समस्या आएकोले साउन १३ गते गण्डक अस्पताल भर्ना भएका थिए । उनको साउन १५ गते कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए ।

त्यस्तै अर्का मृतक पनि पर्सा कै रहेका छन् । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं २ छप्कैया निवासी ६५ वर्षीय पुरुष रहेका छन् । उनको साउन १५ गते मृत्यु भएको हो । उनको मृत्यु पश्चात गरिएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै मृत्यु हुने अर्की महिला पनि पर्साकै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं ११ स्थायी घर भइ हाल ललितपुर बस्ने ६५ वर्षीया महिलाको आज मृत्यु भएको छ । उनको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । मधुमेह तथा प्रेसर सम्बन्धि समस्या भएकी उनलाई साउन ६ गते पाटन अस्पताल भर्ना भएकी थिइन् । ज्वरो तथा श्वास प्रश्वास सम्बन्धि समस्या भइ उनी स्टार अस्पतालमा भर्ना भएकी थिइन् । कोरोना पुष्टि भएसँगै उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?