काठमाडौं – श्रीमती गीता ढकालको हत्या गरेको अभियोगमा सर्वश्वसहित आजीवन जेल सजाय काटिरहेका सशस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोईराला करिब साढे ११ वर्षको सजाय मिनाह भई सर्वोच्च अदालतको आदेशपश्चात् रिहा भएपछि यतिबेला देशभर आन्दोलन भईरहेका छन् ।
८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर डिल्लीबजार कारागार प्रशासनले कोइरालालाई ८ साउन बिहीवार उनको रिहा गरेको थियो ।
सर्वस्वसहित जन्मकैदको फैसला ‘चर्को पर्न जाने’ भन्दै सर्वोच्च अदालतले कैद सजाय घटाइदिएपछि न्यायालयको फैसला नै अन्यायपूर्ण भएको भन्दै अपराधीलाई पावर र पहुँचको भरमा कैद छुट मिनाहा गरेको आक्रोशसहित मानिसहरु सडकमा निस्केका हुन् ।
गीताले नै रिस उठाएका कारण आवेसमा रञ्जनले उनको हत्या गरेको भन्दै सर्वोच्चले उनलाई जिल्ला र पुनरावेदन अदालतले गरेको सर्वस्वसहितको जन्मकैद सजाय सर्वोच्च अदालतले घटाइदिएपछि प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले प्रलोभनमा परेर यस्तो निर्णय गरेको भन्दै आन्दोलनकारीले पूनरावलोकनको माग गरेका छन् ।
यस मुद्धामा न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिने आदेश सुनाईसकेको छ ।
महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनको लागि निवेदन दिने निर्णय गरेअनुसार सरकारी वकिलले पुनरावलोकन निवेदन दर्ता गराएका थिए । सर्वोच्च अदालतको फैसला चित्त नबुझेपछि सरकारी वकिलले पुनरावलोकनको निवेदन दिएका हुन् ।
प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसलामा उल्लेख छ :
‘वारदात हुँदाको पृष्ठभूमिसहितको अवस्था र परिस्थिति हेर्दा मृतककै कारण र जरियाबाट प्रतिवादी आवेशमा आई उठेको रिसबाट भएको भन्नेसम्मको अवस्था देखियो। निजको मृत्युपश्चात नबालक छोराहरूको संरक्षण एवं शिक्षादीक्षा अभिभावक विहीनताका कारण अनिश्चय हुन गई उनीहरूको हितमा समेत दुरगामी प्रभाव पर्न जाने कारणले,’ फैसलामा भनिएको छ, ‘उपरोक्त सजाय गर्दा चर्को पर्न जाने जस्तो चित्तमा लागेको हुँदा मुलुकी ऐनको १८८ नं बमोजिम ८ वर्ष ६ महिना कैद सजाय गर्दा पनि सजायको मकसद पूरा हुने देखिएकाले पुनरावेदक प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई ८ वर्ष ६ महिना कैद हुने ठहर्छ।’
यसैबीच रिहा भएका रञ्जन कोईरालाले आफ्नो कुनै गल्ती नभएको र कसैको ‘ग्राण्ड डिजाईनमा’ यो सबै घटना गराएको बताएका छन् ।
एक टेलिभिजन कार्यक्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले भनेका छन्, “म बाट कुनै पनि किसीमको गल्ती भएको छैन । यो सबै ‘ग्राण्ड डिजाईन’ हो ।
हरेराम ढकाल (गीता ढकालका बुबा) रञ्जनका ससुरा तर्फ ईङ्गित गर्दै रञ्जनले भनेका छन्, “एकदिन सत्यतथ्य बाहिर आउँछ । अनि सबैलाई थाहा हुन्छ ।”
“पीडित म हुँ । फ्रेब्रिकेटेड डिजाईन गरियो । ईट्स अल फ्रेब्रिकेटेड !”
फेरि अदालतले निर्णय हुँदा तपाई जेल जान सक्नुहुन्छ । पूनरावेदन भईसक्यो तपाईको मुद्धामा भन्ने प्रश्नमा उनी निर्धक्क सुनिन्छन्, भन्छन् – ‘त्यसमा मैले सफाई पनि पाउन सक्छु नि ।’ त्यसकारण पनि त रिभ्यू गर्न लागिएको छ । माघ ८ गतेसम्म जिउँदै भएको मेरो श्रीमतीलाई पुस २७ गते हड्डी ल्याएर किन त्यस्तो गरीयो ? जे आरोप लगाईयो त्यतिबेलासम्म उनी जिउँदै थिईन् ।
‘नेशनल डिफेन्स कोर्षका लागि चीनमा रहेका तत्कालीन डीआईजी कोइरालाले बिदामा नेपाल आएका बेला २०६८ माघमा पत्नी गीताको हत्या गरेका थिए । महाराजगञ्जमा श्रीमतीको हत्या गरेर उनले घटना लुकाउन मकवानपुरको पालुङमा शव जलाएको पुष्टि भएको थियो ।’ प्रहरीले अनुसन्धानबाट सार्वजनिक गरेको यहि टिपोट सुनाउँदै पत्रकारले गरेको प्रश्नमा उनी भन्छन्, “पुसमा मैले हत्या गरेको र लाश गायब पार्न गएको भनिएको छ ।” माघ ८ गते शव सद्गत गरिपाउँ भनेर त्रिविमा उहाँले निवेदन कसरी दिनुभयो त ? यसरी घटना र बयान अनि मिडियामा आएका धेरै कुराहरुसँग सत्यता बाँझिएको छ ।
२०६८ पुस २७ गते रञ्जनले पत्नी गीताको हत्या गरी मकवानपुरको टिस्टुङ जङ्गलमा लगेर जलाएको प्रहरीले जनाएको छ । २०६८ साल माघ ८ गते नारायणगढबाट काठमाण्डौ आउँदै गर्दा कोइरालालाई थानकोटबाट पक्राउ गरी मुद्दा चलाइएको थियो । तर अन्तर्वार्ताका क्रममा रञ्जनले त्यतिबेला आफूमात्रै नभई प्रहरीको टिम नै गीताको खोजिमा निस्कीएको बताएका छन् ।
उनले सोधिएका प्रश्न ‘स्किप’ गर्दै सटिक जवाफ दिँदै दोहोर्याएका छन् – “गलत आरोप हो, समय आएपछि प्रमाणित हुन्छ ।’
अदालतमा विचाराधिन नै रहेका कारण तारा रेग्मीको विषयमा उनले केहि पनि जवाफ दिएनन् ।
बरु आफूविरुद्ध भएका आन्दोलनप्रति रोष प्रकट गर्दै प्रतिप्रश्न गरेका छन् – के यो राष्ट्रिय ईस्यू हो र ? के यो जनजीविकाको सवाल हो र ?
श्रीमतीसँगको सम्बन्धविच्छेदको लागि मान्छे मार्नै पर्छ र ?
आफूले आफ्नो श्रीमतीको हिन्दू संस्कार अनुसार काम पनि गर्न नपाएको गुनासो गरे । अन्तर्वार्ताभर निकै गम्भीर ढंगले प्रस्तुत भएका रञ्जनले एउटा नयाँ कुरा खुलाशा गरेका छन् । ‘हरेराम ढकाल गीताको सौतेलो बुबा हो ।
भिडियोमा १५ मिनेट केहि सेकेण्डपछि उनले गीता ढकालका बुबा (हरेराम ढकाल) प्रति लक्षित गर्दै भनेको छन्- ‘हि ईज स्टेप फादर ईन ल’ उहाँ हि ईज नट बायोलोजिकल फादर अफ माई वाईफ । उनी थप्छन् – “गएर प्रमाणित गरिदिनुस् ।” (उनी मेरो श्रीमतीका साख्यै बुबा होईनन् । सौतेलो बुवा हुन् । )
उनले भनेका छन् – आफू साधनमा लागेका कारण अहिले कसैको कुरामा क्रिया /प्रतिक्रिया नदिने उनले बताएका छन् । सम्मानित अदालतको फैसला मेरो लागि शिरोधार्य छ ।
“विगत ५ वर्षदेखि ३ घण्टाभन्दा बढी म सुत्दिन म आध्यात्मिक साधनमा लागेको छु । जसले यो ग्राण्ड डिजाईन गर्यो उसलाई पनि भगवानले सत्बुद्धि दिउन् ।”
यसैबीच रञ्जन कोईरालाका छोरा आयुष कोईरालाले यो पटकको अन्तर्वार्तामा बुवा रञ्जन कोईरालाको जवाफमा ‘हो’ मा ‘हो’ मिलाउँदै आमाबुवाको राम्रो प्रेम र सुमधुर सम्बन्ध भएको बताएका छन् ।
जबकी तिनै आयुषले यसअघिका अन्तर्वार्तामा कहिलेकाहिँ झगडा पर्ने र त्यो सबैको पर्ने भएकोले आमाको हत्या बुवाले नगरेको दाबी गरेका थिए ।
उनी थप्छन्- ८ वर्षपश्चात् आमा गुमाएका हामीले अभिभावक बुवालाई पायौँ । हजुरबुवा अहिले यसको विरुद्ध दौडिनुभएको छ । यत्रो ८ वर्ष हामीलाई परेको अन्याय कसले हेर्छ ? बुवाले हत्या गरेको भनेको दिन हरेक सेकेण्ड हामी सबै सँगै छौँ । यो कुरा मिसिलमा पनि लेखेका छौँ ।”
यसअघि आफ्ना बुवा रञ्जन कोईराला छुटेलगत्तै दुई वटा मिडियामा अन्तर्वार्ता दिएका रञ्जन कोईरालाका छोरा आयुष कोईरालाले आफ्ना बुवा अपराधी नभएको र घटना हुँदा आफू सानो भएपनि अहिले आफ्नो अधिकार, कर्तव्य र अन्यायबारे बोल्न सक्ने भएकोले विभिन्न अड्कलबाजी गरेर दु:ख नदिनको लागि अनुरोध गरेका थिए । उनले सो अन्तर्वार्तामा ‘लेनदेनको कागज’ भेटाएको पनि खुलाशा गरेका थिए ।
सो-सम्बन्धी पूर्वप्रकाशित समाचारको लागि यो लिंकमा क्लिक गर्नुहोस् ।
रिहा भएका पूर्व डिआईजी रञ्जन कोईरालाका छोरा भन्छन् – ‘लेनदेनको कागज भेटेको थिएँ’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया