काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ ।
निरन्तर स्थगित हुँदै आएको बैठक आज ११ बजेका लागि तय गरिएको थियो । दुवै अध्यक्षको छलफल तथा परामर्शका लागि भन्दै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बैठक स्थगित गरेको भनिएपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले उक्त कुरा स्वीकार गरेको थिएन् ।
बैठक स्थगितको घोषणा गरिएपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा नेताहरुले त्यसलाई अस्वीकार गर्दै बैठक शुरु भएको हो ।
बैठकमा स्थायी समितिमा रहेका बहुसंख्यक सदस्यहरुको सहभागिता रहेको छ । भने ओली पक्षका स्थायी कमिटि सदस्यहरुको भने उपस्थिती नरहेको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया