काठमाडौं – पछिल्लो समय क्वारेन्टाईनमा बस्नेको संख्या घटीरहेको छ ।
विभिन्न देशहरुबाट आएकाहरुलाई क्वारेन्टाईनमा राखिएकोमा १४ दिनको बसाईपश्चात् कोरोना भए नभएको जाँच गरी उनीहरुलाई घर फर्काईन्छ ।
यसरी घर जानेहरु अनिवार्य १४ दिन होम क्वारेन्टाईनमा बस्न भनिएको छ । नेपालको कोरोना अपडेटबारे जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको अवस्थामा देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा २२ हजार ६६२ जना रहेको जानकारी दिए । यस्तो छ, प्रादेशीक विवरण :
प्रदेश १ मा : २ हजार २ सय ९४ जना
प्रदेश २ मा : २ हजार ६ सय २४ जना
बाग्मती प्रदेशमा : १ हजार ८ सय ७५ जना
गण्डकी प्रदेशमा : ३ हजार ४ सय ११ जना
प्रदेश नम्बर ५ मा : ३ हजार ६ सय ८८ जना
कर्णाली प्रदेशमा : १ हजार ५ सय ५० जना
र, सुदूरपश्चिम प्रदेशमा : ७ हजार २ सय २० जना रहेका छन् ।
यसैबीच नेपालका भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी ८ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । भने रौतहट कैलाली र बाजुरामा ५०० जनाभन्दा बढी संक्रमित छन् ।
नेपालमा आज (आईतवार) थप १५६ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६५८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार ‘कोभिड – १९’ संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
हालको अवस्थामा नेपालमा एक्टिभ केस अर्थात् उपचाररत संक्रमितको संख्या ५,९२३ जना रहेको छ । जसमध्ये प्रदेश नम्बर १ मा ७९ जना प्रदेश २ मा १ हजार ८ सय ८६ जना, बाग्मती प्रदेशमा ४१० जना, गण्डकी प्रदेशमा ४२८ जना प्रदेश ५ मा ४४७ जना कर्णाली प्रदेशमा २९६ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ७७ जना रहेका छन् ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ६९५ पुगेको छ । यो कुल संक्रमितको ६६. २४ प्रतिशत हो ।
नेपालमा हिजो (शनिवार) ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया