काठमाडौं । नेपाल भारत सीमावर्ती क्षेत्रमा भारतीय नागरिक र शसस्त्र प्रहरीबीच झडप भएको छ ।
झापाको गौरीगञ्ज गाउँपालिकासँग सीमा जोडिएको नेपाल–भारत सीमावर्ती क्षेत्रमा झडप भएको हो ।
गएराति साढे ९ बजे भारतीय सीमावर्ती क्षेत्रबाट आएकोा एक समुहले सशस्त्र प्रहरीलाई आक्रमण गर्न लागेको थियो । भारतीय गाउँबाट घरेलु हतियारसहित आई आक्रमण गर्न थालेपछि भीड नियन्त्रण गर्न ४ राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।
भारतीय पक्षको आक्रमणबाट दुई सशस्त्र प्रहरी जवान सामान्य घाइते भएका छन् ।
सशस्त्र प्रहरीका अनुसार सीमा स्तम्भ १५२ नजिकै घटना भएको थियो ।
नेपाल भारतको सीमानामा पर्ने उक्त टोलबाट नेपालतर्फ सामान तस्करी हुँदै आएको थियो ।
प्रहरीका अुनसार लकडाउनको कारण नाकामा कडाई गरेपछि तस्करको समूह योजनावद्ध रुपमा आक्रमणका लागि आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया