काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाका कारण ६ लाख ४ हजार ९१७ जनाको मृत्यु भएको छ भने १ करोड ४४ लाख २५ हजार ८६५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८६ लाख १२ हजार १९४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ५९ हजार ९२१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भसंक्रमणको कारण अहिलेसम्म २६ हजार ८२८ जनाको मृत्यु भएको छ भने १० लाख ७७ हजार ८६४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ६ लाख ७७ हजार ६३० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
भारतमा शनिवार अहिलेसम्मकै धेरै कोरोना संक्रमित थप्एिका छन् । त्यहाँ शनिवार ३७ हजार ४०७ जना नयाँ संक्रमित थपिएका हुन् भने ५४३ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया